अरुण भ्याली हाइड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

अरुण भ्याली हाइड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको चौथो दिन नेप्सेमा सुधार देखिएको छ । आज नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारको दिन ४ दिन बन्द भएपछि खुलेको शेयर बजारमा आज भने सुधार आएको हो । नेप्सेमा सुधार आउदा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार हुदाँ सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको शेयर ५ करोड ३८ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ९५ लाख १९ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड ३९लाख ५९ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाख ४३ हजार र अरुण काबेली पावरको ३ करोड ६२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्