यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको पाँचौ दिन नेप्से फेरी ओरालो लागेको छ । मंगलबार भारी गिरावट आएको नेप्सेमा बुधबार केही सामान्य सुधार आए पनि फेरी आज नेप्से राताम्य भएको छ ।

बिहिबार नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्दमा कायम भएको छ । अघिल्लो कारोबारको दिन नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा बन्द भएको थियो ।

आज नेप्सेमा सूचिकृत २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से घटेर कारोबार १ अर्ब ३० करोड हुदाँ प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १२ करोड ८१ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआईसी एशिया लघुवित्तको ५ करोड ७ लाख ७२ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख ७६ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड १२ लाख ६३ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको २ करोड ९६ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्