यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पाँचौ दिन नेप्से फेरी ओरालो लागेको छ । मंगलबार भारी गिरावट आएको नेप्सेमा बुधबार केही सामान्य सुधार आए पनि फेरी आज नेप्से राताम्य भएको छ ।

बिहिबार नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्दमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से घट्दा कारोबार समेत खुम्चिदा जनरल इन्स्योरेन्सका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ७.४५ प्रतिशतले बढेको हो । साथै, मैलुङ खोला जलविद्युत प्रयोजनाको २.९४ प्रतिशत, एनएमबि हाइब्रिड फण्डको २.२८ प्रतिशत, एनआईसि एशिया सेलेक्ट फण्ड ३० को २.२४ प्रतिशत र नबिल ब्यालेचड फण्डको २.०९ प्रतिशतले बढेको हो ।

त्यस्तै, बिहिबार सर्वाधिक गुमाउने कम्पनीमा लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको शेयर आज ७.०८ प्रतिशतले घटेको हो । साथै, यूनियन हाइड्रोपावरको ५.३० प्रतिशत, सूर्यादय ओमी लघुवित्तको ५.१२ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ४.७२ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्