नेप्से २३.५१ अकंले घट्दा कारोबार १ अर्ब ३० करोडमा खुम्चियो, १२ उपसूचक राताम्य « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से २३.५१ अकंले घट्दा कारोबार १ अर्ब ३० करोडमा खुम्चियो, १२ उपसूचक राताम्य



काठमाडौं । बिहिबार नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्दमा कायम भएको छ । अघिल्लो कारोबारको दिन नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा बन्द भएको थियो ।

आज नेप्सेमा सूचिकृत २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको कारोबार भएको थियो ।

बिहिबार १२ उपसूचकमा राताम्य भएको छ । आज बैंकिङ समूहको ०.४२ प्रतिशत, ब्यापार समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटनको ०.७२ प्रतिशत, विकास बैंक समूहको २.०९ प्रतिशत, हाइड्रोपावर समूहको १.७१ प्रतिशत, फाइनान्स समूहको २.४५ प्रतिशत, निर्जीवन बीमा समूहको १.४६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.८२ प्रतिशत, अन्य समूहको १.०६ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.११ प्रतिशत, जीवन बीमा समूहको १.५४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.४१ प्रतिशतले शेयर मूल्य घटेको हो । त्यस्तै म्युचुअल फण्ड समूहको भने शेयर मूल्य ०.७५ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्