अरुण काबेली पावरसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

अरुण काबेली पावरसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । शुक्रबार कारोबार भएको पहिलो दिन नेप्से राताम्य भएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से आइतबार शेयर बजार बन्द गरेर शुक्रबार खोल्ने निर्णय गरेको थियो ।

शुक्रबारको भएको कारोबारको दिन अन्यौलका कारण आज कारोबार खुम्चिएको देखिएको छ । लगानीकर्ताहरुले शुक्रबार भइरहेको पहिलो कारोबार भएका कारणले पनि कारोबार भने माथि उक्लीन सकेको छैन ।

साताको अन्तिम कारोबारको दिन आज नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको छ । अघिल्लो कारोबारको दिने नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्द भएको थियो ।

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुदाँ कारोबार भने ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँमा सिमित भएको छ ।

नेप्से घटेर कारोबार समेत ९३ करोडमा सिमित हुदाँ आज अरुण काबेली पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज ३ करोड २ लाख ४५ हजार रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको २ करोड ८४ लाख ६० हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको प्रमोटर शेयरको २ करोड ७६ लाख १९ हजार रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २ करोड ६९ लाख ९२ हजार रुपैयाँ र अपी पावरको २ करोड ६७ लाख ९५ हजार रुपैयाँ कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्