शुक्रबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । शुक्रबारको भएको पहिलो कारोबारको दिन विभिन्न अन्यौलका कारण आज कारोबार खुम्चिएको देखिएको छ । लगानीकर्ताहरुले शुक्रबार भइरहेको पहिलो कारोबार भएका कारणले पनि कारोबार माथि उक्लीन सकेको छैन ।
साताको अन्तिम कारोबारको दिन आज नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको छ । अघिल्लो कारोबारको दिने नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्द भएको थियो ।
आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच भएको छ । नेप्से घट्दा कारोबार ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँमा सिमित भएको छ ।
नेप्से घटेर कारोबार समेत खुम्चिएको छ । शुक्रबार सामुदायिक लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएको छ । कम्पनीको शेयर आज २.७३ प्रतिशतले बढेको हो । साथै, श्री इन्भेष्टमेन्ट फाइनान्सको २.५९ प्रतिशत, लक्ष्मी लघुवित्तको २.१६ प्रतिशत, एनएमबि हाइब्रिडको १.९५ प्रतिशत र एनआईबिएल प्रगति फण्डको १.९४ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा तेह्रथुम पावर रहेको छ । कम्पनीको शेयर आज ४.९४ प्रतिशतले घटेको हो । साथै, प्रभु लाइफ इन्स्योरेन्सको ३.८९ प्रतिशत, एनएमबि ५० को ३.८६ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको ३.८१ प्रतिशतले घटेको हो ।
