नबिल बैंकसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नबिल बैंकसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । सोमबार नेप्से राताम्य भएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से आइतबार शेयर बजार बन्द गरेको थियो ।

शुक्रबार कारोबार खोलेको दिन नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको थियो । आज भने ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको छ ।

आज पूँजी बजारमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने नेप्सेमा सूचीकृत २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुदाँ कारोबार भने ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँमा सिमित भएको थियो ।

साताको दोस्रो दिन नेप्से घटेसँगै कारोबार समेत खुम्चिएको छ । शेयर बजारमा निर्वाचन सँगै उकालो लाग्ने आकंलन गरेपनि शेयर बजारमा सुधार आउन सकेको छैन । करिब २ ३ महिना अगाडि ८ देखि ९ अर्ब रुपैयाँको कारोबार हुने शेयर बजारमा आज भोलि भने कारोबार १ देखी २ अर्बमा सिमित भइरहेको छ ।

सोमबार नेप्से घटेर कारोबार नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४ करोड १५ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८७ लाख २७ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख ७३ हजार रुपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड ६४ लाख २६ हजार र हिमालयन डिस्टलरीको ३ करोड ५३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्