यी कम्पनीका शेयरधनीहरुले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको कारोबार भएको पहिलो दिन आज नेप्से ओरालो लागेको छ । आज भने नेप्से परिसूचक ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको छ ।
आज पूँजी बजारमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँमा सिमित भएको छ ।
आज नेप्से घटेर कारोबार समेत खुम्चिदा गुराँस लघुवित्तले सर्वाधिक कमाएको छ । कम्पनीको शेयर आज ६.२० प्रतिशतले बढेको हो । साथै, प्रभु लाइफ इन्स्योरेन्सको ५.२६ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ४.०२ प्रतिशत र एनएमबि ५० को ४.०१ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा मिथिला लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ५.८९ प्रतिशतले घटेको हो । साथै, वीन नेपाल लघुवित्तको ५.८७ प्रतिशत, तेह्रथुम पावरको ५.४३ प्रतिशत, प्रुभ इन्स्योरेन्सको ५.१४ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.०४ प्रतिशतले घटेको हो ।
