नेप्सेमा एक कम्पनीको ७.७ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
