नेप्सेमा साढे २ लाख कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्सेमा साढे २ लाख कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार साल्ट ट्रेडिङ्ग कर्पारेशन लिमिटेडको १० प्रतिशत बोनस शेयर वापतको २ लाख ३० हजार ४८२.९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कूल १०.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्