मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । केही दिन यता राताम्य भएको नेप्सेमा आज भने सुधार आएको छ । मंगलबार नेप्से १६.३२ अकंले बढेर २२१७.१९ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको थियो ।
आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सुधार आएको भए पनि कारोबार भने खुम्चिएको छ । केही महिना अगाडि ८ करोड भन्दा माथिको कारोबार हुने केही बजारमा नयाँ वर्षको सुरुवातिसँगै सुधार आउन सकेको छैन । आज एनआईसी एशिया लघुवित्त प्रोमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४ करोड ८४ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावरको ४ करोड ६३ लाख १४ हजार रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ४९ लाख ३३ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८१ लाख ५७ हजार रुपैयाँ र नबिल बैंकको ३ करोड २ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।
