नेप्सेमा ४ कम्पनीको २ करोड ११ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्सेमा ४ कम्पनीको २ करोड ११ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार विभिन्न ४ कम्पनीको २ करोड ११ लाख ४५ हजार कित्ता शेयर सूचीकृत भएको हो । जसमा सेन्ट्रल फाइनान्स लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पारेशन लिमिटेडको बोनस शेयर, बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर रहेको छ ।

मंगलबार सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पारेशन लिमिटेडको १० प्रतिशत बोनस शेयर वापतको २ लाख ३० हजार ४८२.९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कूल १०.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, मंगलबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर वापतको १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

त्यस्तै, मंगलबार कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सका अनुसार १ सय रुपैयाँ अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचीकृत भएको हो । जसमा आयोजना प्रभावित क्षेत्रका वासिन्दा लागि जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण लगानीकर्तालागि जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता र संस्थापक शेयरधनीहरुको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर रहेका छन् ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्नका लागि बिएचएल संकेत प्रदान गरेको छ । साथै कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ९३ रुपैयाँ ६४ पैसादेखि अधिकतम २८० रुपैयाँ ९२ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।


प्रतिक्रिया दिनुहोस्