बलेफी हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १०४.७० रुपैयाँ ! « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

बलेफी हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १०४.७० रुपैयाँ !



काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा बलेफी हाइड्रोपावरको पहिलो कारोबार भएको छ । कम्पनीको बुधबार पिसेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०४ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले ९३ रुपैयाँ ६४ पैसा देखि २८० रुपैयाँ ९२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । सोहि आधारमा बुधबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको शेयरलाई नेप्सेले बिएचएल कारोबार संकेत प्रदान गरेको हो ।

कम्पनीको शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेका अनुसार आयोजना प्रभावित क्षेत्रको लागि १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण शेयरधनीहरुका लागि (सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) १८ लाख २७ हजार ९७० कित्ता र कम्पनीको संस्थापकहरुले लगानी गरेको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर गरी कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर हिजो नेप्सेमा सूचीकृत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्