नेप्सेमा ३ कम्पनीको बोनससहित ६ कम्पनीको २ करोड २५ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्सेमा ३ कम्पनीको बोनससहित ६ कम्पनीको २ करोड २५ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको शेयर सूचीकृत भएको छ । जेष्ठ ८ गतेदेखि जेष्ठ १५ गतेसम्म विभिन्न ७ कम्पनीको शेयर सूचीकृत भएको हो । विभिन्न ६ कम्पनीको २ करोड २५ लाख ३३ हजार कित्ता शेयर सूचीकृत भएको हो । जसमा सेन्ट्रल फाइनान्स लिमिटेड, आएसडिसि लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पारेशन लिमिटेडको बोनस शेयर, बलेफी हाइड्रोपावर कम्पनी र उपकार लघुवित्तको आईपीओ र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर रहेको हो ।

१. सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. साल्ट ट्रेडिङ्ग कर्पारेशन लिमिटेडको १० प्रतिशत बोनस शेयर वापतको २ लाख ३० हजार ४८२.९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कूल १०.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको ७ लाख ३१ हजार ९५९.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर वापतको १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

५. बलेफी हाइड्रोपावर कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सका अनुसार १ सय रुपैयाँ अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचीकृत भएको हो । जसमा आयोजना प्रभावित क्षेत्रका वासिन्दा लागि जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण लगानीकर्तालागि जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता र संस्थापक शेयरधनीहरुको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

६. गतसाता नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर सूचीकृत भएको हो । लुघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको लगानी रहेको ४ लाख २० हजार कित्ता गरी कूल ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्समा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्