बजेट भाषण पछिको पहिलो कारोबारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । बजेट भाषण पछि भएको पहिलो कारोबारमा नै शेयर बजार राताम्य भएको हो । केही महिना देखि आसै सुधार आउन नसकेको शेयर बजार बजेट पछि सुधार आउने आशा गरेको भएपनि बजेट पछि पनि शेयर बजारमा लगानीकर्ताहरु निराश भएको देखिन्छ ।
सोमबार नेप्से परिसूचक ४७.१० अकंले घटेर २१७६.६७ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेप्से नेप्से १५.८२ अकंले घटेर २२२३.७८ बिन्दुमा बन्द भएको थियो ।
साताको दोस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन दिन पनि पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँको कारोबार भएको थियो ।
सोमबार नेप्से घट्दा कारोबार समेत खुम्चिरहेको छ । आज कारोबारमा १ अर्ब ३३ करोडमा सिमित हुदाँ नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४ करोड ९६ लाख ३८ हजार रुपैयाँ कारोबार भएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४१ लाख ५४ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड २३ लाख ३६ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड २ लाख ८ हजार रुपैयाँ र नबिल बैंकको ३ करोड ९४ लाख ७२ हजार रुपैयाँ कारोबार भएको हो ।
