बलेफी हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । सोमबार नेप्से राताम्य भएको छ । आज नेप्से परिसूचक ४७.१० अकंले घटेर २१७६.६७ बिन्दुमा बन्द भएको छ ।
साताको दोस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से राताम्य हुदाँ कारोबार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँमा सिमित भएको छ ।
बजेट भाषण पछि खुलेको शेयर बजारमा शेयरधनीहरुमा निराश छाएको छ । नेप्सेमा घटेर कारोबार समेत खुम्चिदा बलेफी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । साथै, उपकार लघुवित्तको ८.२३ प्रतिशत, गणपति लघुवित्तको ३.०९ प्रतिशत, नेपाल एसबिआई बैंक डिबेञ्चरको २ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको १.९७ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, ज्योति लाइफ इन्स्योरेन्सको ७.३६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७.२७ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ६.०७ प्रतिशत र यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ६.०२ प्रतिशतले शेयर घटेको हो ।
