सेयर बजारलाई बजेटकाे राताे कार्पेट, किन घट्याे बजार ?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । बजेट भाषण पछि भएको पहिलो कारोबारमा नै शेयर बजार राताम्य भएको हो । केही महिना देखि खासै सुधार आउन नसकेको शेयर बजार बजेट पछि सुधार आउने आशा गरेको भएपनि बजेट पछि पनि शेयर बजारमा लगानीकर्ताहरु निराश भएको देखिन्छ ।
केही महिना अगाडि ८ अर्ब भन्दा माथि कारोबार हुने शेयर बजारमा आजभोलि भने कारोबार १ अर्बमा खुम्चि रहेको छ । अनेकौं अन्यौलको बिच शेयर बजारमा लागनीकर्ताहरुले कारोबार गर्ने डराइ रहेको छन् । सोमबार नेप्से परिसूचक ४७.१० अकंले घटेर २१७६.६७ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेप्से नेप्से १५.८२ अकंले घटेर २२२३.७८ बिन्दुमा बन्द भएको थियो ।
साताको दोस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन दिन पनि पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से उच्च अकंले घट्दा कारोबार समेत खुम्चिएको छ । सोमबार १३ वटै उपसूचकमा राताम्य छाएको छ । आज बैंकिङ समूहको २.०३ प्रतिशत, ब्यापार समूहको ३.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३८ प्रतिशत, विकास बैंक समूहको २.५६ प्रतिशत, हाइड्रोपावर समूहको २.६३ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशत, निर्जीवन बीमा समूहको २.६३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.३७ प्रतिशत, अन्य समूहको २.८५ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५७ प्रतिशत, जीवन बीमा समूहको २.८५ प्रतिशत, म्युचुअल फण्ड समूहको २.११ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.२२ प्रतिशतले शेयर मूल्य घटेको हो ।