एनआईसि एशिया बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्से फेरी राताम्य भएको छ । मंगलबार नेप्से परिसूचक ३५.५३ अकंले घटेर २१३७.९२ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक ४७.१० अकंले घटेर २१७६.६७ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको कारोबार भएको थियो ।
बजेट भाषण पछि सुधार आउने अपेक्षा गरेको शेयर बजारमा अझै पनि सुधार आउन सकेको छैन । मौद्रीक नितिको तेस्रो समिक्षा पछि घटेको शेयर बजारमा निरन्तर ओरालो लागि रहेको छ । पूँजी बजारमा आजै सुधार नआउदा कारोबार समेत खुम्चि रहेको छ ।
मंगलबार नेप्से घटेर कारोबार समेत खुम्चिदा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५ करोड ३७ लाख ९८ हजार रुपैयाँ कारोबार भएको हो ।
त्यस्तै, नबिल बैंकको ३ करोड ९८ हजार ५२ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ६८ लाख २२ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड १३ लाख ३३ हजार रुपैयाँ र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड २ लाख २६ हजार रुपैयाँ कारोबार भएको हो ।
