निरन्तर शेयर बजारमा पहिरो, कारोबार १ अर्ब ३१ करोडमा खुम्चिदा १२ उपसूचक राताम्य « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

निरन्तर शेयर बजारमा पहिरो, कारोबार १ अर्ब ३१ करोडमा खुम्चिदा १२ उपसूचक राताम्य



काठमाडौं । बजेट भाषण पछि खुलेको शेयर बजारमा दोस्रो दिन पनि पहिरो गएको छ । बजेट भाषण पछि शेयर बजारमा उत्साह छाउने विश्वास गरिएको भएपनि लगानीकर्ता बजेट मार्फत खुसी हुन नसकेको देखिन्छ । मौद्रीक नितिको तेस्रो समिक्षा पछि घटेको शेयर बजारमा निरन्तर ओरालो लागि रहेको छ । पूँजी बजारमा आजै सुधार नआउदा कारोबार समेत खुम्चि रहेको छ । कारोबार केही महिना अगाडि ९ अर्ब भन्दा माथि हुने गरेकोमा केही महिनामा यता भने कारोबार १ अर्बमा सिमित भइरहेको छ ।

मंगलबार नेप्से परिसूचक ३५.५३ अकंले घटेर २१३७.९२ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक ४७.१० अकंले घटेर २१७६.६७ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा आज १२ उपपसूचकमा राताम्य छाएको छ । मंगलबार बंैंकिङ समूहको १.९१ प्रतिशत, ब्यापार समूहको १.७८ प्रतिशत, होटल पर्यटन समूहको १.२३ प्रतिशत, विकास बैंक समूहको १.४६ प्रतिशत, हाइड्रोपावर समूहको १.२४ प्रतिशत, फाइनान्स समूहको १.५४ प्रतिशत, निर्जीवन बीमा समूहको २.५६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.५३ प्रतिशत, अन्य समूहको १.६७ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.६७ प्रतिशत, जीवन बीमा समूहको ०.६९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.१७ प्रतिशतले शेयर मूल्य घटेको हो । म्युचुअल फण्ड समूहको ०.४५ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्