नेप्सेमा एक कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्सेमा एक कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९८२.५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्