बलेफी हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बलेफी हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । नेप्से निरन्तर ओरालो लागि रहेको छ । बजेट भाषण पछि सुधार आउने आशा गरेको शेयर बजारमा पूँजी बजार सम्बन्धी खासै कुरा बजेटमा नसमेटिएको हुदाँ नेप्से राताम्य भइरहेको छ । आज नेप्से १८.२६ अकंले घटेर २११२.४७ बिन्दुमा बन्द भएको छ ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच भएको हो । नेप्से घट्दा कारोबार समेत १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँ भएको छ ।

बिहिबार बलेफी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । साथै, माउन्टेन हाइड्रो नेपालको ४.२० प्रतिशत, उपकार लघुवित्तको ४.०४ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ४.०१ प्रतिशत र गुराँस लघुवित्तको ३.३६ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको शेयर आज ६.४७ प्रतिशतले घटेको हो । साथै, उन्नति सहकार्य लघुवित्रको ४.२३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.२३ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ४.१८ प्रतिशत र हिमालय उर्जा विकासको ४.०६ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्