राताम्य शेयर बजारमा १ अर्ब १६ करोडको कारोबार, १२ उपसूचक राताम्य « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

राताम्य शेयर बजारमा १ अर्ब १६ करोडको कारोबार, १२ उपसूचक राताम्य



काठमाडौं । बजेट भाषण यता नेप्सेमा भारी गिरावट आइरहेको छ । साताको पाँचौ दिन नेप्से परिसूचक १८.२६ अकंले घटेर २११२.४७ बिन्दुमा बन्द भएको छ ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको हो ।

केही महिना यता निरन्तर ओरालो लागेको शेयरमा अझै सुधार आउन सकेको छैन । आर्थिक वर्ष २०७९।०८० को बजेट भाषण पछि शेयर बजार बढ्ने आंकलन गरीएको भए पनि शेयर बजार सम्बन्धी लगानीकर्ताले उत्साहित गराउने खासै कुरा नसमेटिदा शेयर बजार राताम्य भएको हो । अझै राताम्य भएको बजार सुधार हुने अपेक्षा गरेको देखिदैन । देशभर आर्थिक संकटका बीच शेयर बजारमा पनि निरन्तर नकरात्मक चिन्ह देखिने गरेका छन् ।

बिहिबार नेप्सेमा गिरावट आई कारोबार खुम्चिदा १२ उपसूचकमा राताम्य छाएको छ । आज बैंकिङ समूहको ०.७५ प्रतिशत, ब्यापार समूहको २.६ प्रतिशत, होटल तथा पर्यटनको ०.४९ प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, हाइड्रोपावर समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको ०.३६ प्रतिशत, निर्जीवन बीमा समूहको १.५६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.८१ प्रतिशत, अन्य समूहको १.५६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.६७ प्रतिशत, जीवन बीमा समूहको १.४३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.५२ प्रतिशतले शेयर मूल्य घटेको हो । त्यस्तै, म्युचुअल फण्ड समूहको भने शेयर मूल्य ०.१४ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्