एनआईसी एशिया बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

एनआईसी एशिया बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से राताम्य भएको छ । बजेट भाषणपछि सुधार आउने आंकलन गरिएको शेयर बजारमा आजै सुधार आउन सकेको छैन ।

शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेप्से परिसूचक १८.२६ अकंले घटेर २११२.४७ बिन्दुमा बन्द भएको थियो ।

शुक्रबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको हो ।

नेप्से राताम्य हुदाँ कारोबार समेत खुम्चिएको छ । आज सर्वाधिक एनआईसी एशिया बैंकको शेयर खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड २३ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ४ करोड २ लाख रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ८४ लाख १६ हजार रुपैया, अपी पावर कम्पनीको ३ करोड ७१ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकको ३ करोड ६६ लाख ७४ हजार रुपैयाँ कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्