दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा बन्द भएको छ । शेयर बजार केही महिना यता निरन्तर राताम्य भइरहेको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार समेत १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँमा सिमित भएको छ ।
नेप्से घटेर कारोबार समेत खुम्चिदा आज २ कम्पनीको शेयरमा सर्किट लागेको छ । शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, गणपति लघुवित्तको २.३५ प्रतिशत, अजोड इन्स्योरेन्सको १.८० प्रतिशत, हिमालयन उर्जा विकासको १.१५ प्रतिशत र यूनाइटेड इदी मार्दी आरबि हाइड्रोापावरको ०.८२ प्रतिशतले बढेको हो ।

त्यस्तै, शुक्रबार सर्वाधिक गुमाउने कम्पनीमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको शेयर आज ८.९५ प्रतिशतले घटेको हो । साथै, उन्नति सहकार्य लघुवित्तको ४.६५ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ४.६० प्रतिशत, लिबेट्री इर्नजीको ४.४४ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको ४.३१ प्रतिशतले शेयर घटेको हो ।
