एनआईसी एशिया बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा आज उच्च गिरावट आएको छ । बजेट भाषण पछि निरन्तर ओरालो लागेका शेयर बजार आज पनि भारी गिरावट आएको हो ।
यो साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ४५.५९ अकंले घटेर २०२०.२३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा बन्द भएको थियो ।
मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा भारी गिरवाट आएर कारोबार १ अर्ब ३१ करोडमा सिमित हुदाँ एनआईसी एशिया बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ११ लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, कुमारी बैंकको ५ करोड ८८ लाख २४ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ७५ लाख २० हजार रुपैयाँ, शिव्म सिमेन्टको ३ करोड २० लाख ७७ हजार रुपैयाँ र नबिल बैंकको २ करोड ९० लाख ४६ रुपैयाँको कारोबार भएको हो ।
