कुमारी बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । बजेट यता निरन्तर ओरालो लागेको नेप्सेमा हिजो उच्च अकंले वृद्धि भएको थियो । फेरी आज भने नेप्से ओरालो लागेको छ ।
साताको पाँचो दिने नेप्से परिसूचक १७.५८ अकंले घटेर २०६२.८६ बिन्दुमा कायम भएको छ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक ६०.२२ अकंले बढेर २०८०.४४ बिन्दुमा बन्द भएको थियो ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ । बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से घटेर कारोबार करिब साढे १ अर्बमा सिमित हुदाँ आज कुमार बैंक लिमिटेडको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ७४ लाख ६९ हजार रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै, हिमालयन डिस्टलरीको ४ करोड ३२ लाख २२ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोेड ९८ लाख ९२ हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख ८० हजार रुपैयाँ कारोबार भएको हो ।
