कुमारी बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

कुमारी बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरोला लागेका छ । बजेट पछि निरन्तर राताम्य भएको शेयर बजार बुधबार आकर्षक सुधार आए पनि त्यस पछि फेरी ओरालो लागेको हो ।

शुक्रबार नेप्से परिसूचक १४.६४ अकंले घटेर २०४८ बिन्दुमा बन्द भएको छ ।बहिबार नेप्से परिसूचक १७.५८ अकंले घटेर २०६२.८६ बिन्दुमा कायम भएको थियो ।

शुक्रबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुर्पैयाँ कारोकार भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको थियो ।

शुक्रबार कुमार बैंक लिमिटेडको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड ५ लाख ४५ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख १४ हजार रुपैयाँ, मेगा बैंकको ३ करोड १८ लाख ४४ हजार रुपैयाँ र शिभम सिमेन्टको ३ करोड १२ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्