तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको अन्तिम दिन नेप्से फेरी ओरालो लागेको छ । शुक्रबार नेप्से परिसूचक १४.६४ अकंले घटेर २०४८ बिन्दुमा बन्द भएको छ ।

शुक्रबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएको छ । नेपस्े आज १४ अकंले घट्दा कारोबार समेत खुम्चिएर ८९ करोड ४१ लाख २४ हजार ११४ रुर्पैयाँमा सिमित भएको हो ।

शुक्रबार ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज उपकार लघुवित्त र ग्रीन भेन्र्चस र बलेफी हाइड्रोापावरको शेयरमा सर्किट लागेको हो । साथै, लक्ष्मी लघुवित्तको३.६२ प्रतिशत र सनराइज फस्र्ट म्युचुअल फण्डको ३.१० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा सामुदायिक लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ५.७५ प्रतिशतले घटेको हो । साथै, युनिलिभर नेपालको ५.२५ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ४.९४ प्रतिशत, नारायणी डेभलपमेन्टको ४.३४ प्रतिशत र मानुषि लघुवित्तको ३.९५ प्रतिशतले घटकोे हो ।


प्रतिक्रिया दिनुहोस्