नेप्से १४.६४ अकंले घट्दा कारोबार ८९ करोडमा खुम्चियो, १३ वटै उपसूचक राताम्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा शेयर बजार आकाशिएको भए पनि फेरी लगातार २ दिन ओरालो लागेको छ । अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा देखिएको समस्या समाधानका लागि ४ सदस्य समिति गठन गरेको भएपनि लगानीकर्ता आजै अन्यौलमा रहेको आंकलन गरीएको छ । लगानीकर्ता बिनाको समिति गठन गरेको भन्दै अर्थमन्त्रालयको बिरोध समेत भइरहेको छ ।
तिलक कोइरालाको नेत्वृतमा अहिले लगानीकर्ताहरुले आन्दोलन अगाडि बढाइरहेको छन् । शेयर बजार सुधारको आशामा बसेका लगानीकर्ताहरुमा अहिले निशास पैदा भइरहेको छ । नेप्सेमा निरन्तर ओरालो लाग्दा अब शेयर बजारमा सुधार केहीले होला भन्ने टुङ्गो लागेको छैन ।
मौद्रीक नितिको तेस्रो समिक्षा पहिला ८ अर्ब भन्दा माथिको कारोबार हुने शेयर बजामा केही महिना यता १ अर्बमा खुम्चि रहेको छ । लगानीकर्ताहरु पूँजी बजार सुधारको माग गदै अहिले माइतिघर मण्डला काठमाडौंमा आन्दोलन गरी रहेका छन् ।
शुक्रबार नेप्से परिसूचक १४.६४ अकंले घटेर २०४८ बिन्दुमा बन्द भएको छ ।बहिबार नेप्से परिसूचक १७.५८ अकंले घटेर २०६२.८६ बिन्दुमा कायम भएको थियो ।
शुक्रबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुर्पैयाँ कारोकार भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको थियो ।
आज सबैं उपसूचक राताम्य भएका छन् । शुक्रबार बैंकिङ समूहको ०.३१ प्रतिशत, ब्यापार समूहको १.२६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२६ प्रतिशत, विकास बैंक समूहको १.१ प्रतिशत, हाइड्रोपावर समूहको ०.३ प्रतिशत, फाइनान्स समूहको १.१९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.९३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.०२ प्रतिशत, अन्य समूहको १.८२ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.५७ प्रतिशत, जीवन बीमा समूहको ०.७ प्रतिशत, म्युचुअल फण्ड समूको ०.३१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.८४ प्रतिशतले शेयर मूल्य घटेको हो ।