दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको हो ।

आज पूँजीबजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार समेत ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा सिमित भएको हो ।

सोमबार नेप्से घटे पनि २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज बलेफी हाइड्रोपावर र ग्रीन भेन्र्चसको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, यूनिलिभर नेपालको ४.१० प्रतिशत, आधिखोला लघुवित्तको ४.०२ प्रतिशत र तेह्रथुम पावरको ३.८१ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा मानुषि लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ५.४० प्रतिशतले घटेको हो । साथै, एनएमबि ५० को ५.२८ प्रतिशत, ओरियन्टल होटलको ५.२० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको ५.०६ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्