शेयर बजारमा अझै सुधार भएन, करिब १ अर्बको कारोबार हुदाँ १३ उपसूचक राताम्य

काठमाडौं । शेयर बजारमा आजै पनि उत्साह आउन सकेको छैन । अर्थमन्त्रालयले पूँजी बजार सुधारका लागि ४ सदस्य समिति गठन गरेको भएपनि शेयर बजार भने निरन्तर ओरालो लागि रहेको छ । बजेटमा पूँजी बजारमा सुधार सम्बन्धी कुनै पनि कुरा नसमेटिएको भन्दै लगानीकर्ता काठमाडौंको माइतिघर मण्डलामा आन्दोलन गरी रहेका छन् । मौद्रीक नितिको तेस्रो समिक्षा पछि निरन्तर घटेको शेयर बजारमा आजै पनि माथि आउन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले जनतामुखी काम गर्ने नसेको तथा हिमालयन रि इन्स्योरेन्स बिजनेश दिन कमिसन खाएको भन्दै बजारमा आए सँगै अर्थमन्त्री परिवर्तन हुने हल्ला समेत शेयर बजारमा सुधार नहुन सकेको आंकलन गरीएको छ ।
सोमबार नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको छ । शुक्रबार भने नेप्से परिसूचक १४.६४ अकंले घटेर २०४८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजीबजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुदाँ ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुर्पैयाँ कारोकार भएको थियो ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार बैंक समूहको ०.८ प्रतिशत, ब्यापार समूहको ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३४ प्रतिशत, विकास बैंक समूहको ०.४७ प्रतिशत, हाइड्रोपावर समूहको ०.२२ प्रतिशत, फाइनान्स समूहको १.१४ प्रतिशत, निर्जीवन बीमा समूहको १.२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.०५ प्रतिशत, अन्य समूहको ०.१ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.६४ प्रतिशत, जीवन बीमा समूहको १.४४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.६२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.३८ प्रतिशतले शेयर समूह घटेको हो ।