भारी अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

भारी अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा पहिरो गएको छ । बजेट यता एक दिन मात्र उच्च अकंले बढेको शेयर बजार अरु दिन भने राताम्य भएको हो ।

मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजीबजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुदाँ ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार नेप्से भारी अंकले घट्दा काराबोर १ अर्ब १८ करोड हुदाँ शिभव् सिमेन्टको शेयर सबैभन्दा बढी खरिद बिक्री भएको छ । कम्पनीको आज ४ करोड ६७ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनसिसि बैंकको ३ करोड ७९ लाख ७७ हजार रुपैयाँ, नेपाल लाइफ इनस्योरेन्सको ३ करोड ३३ लाख ५९ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड २० लाख १३ हजार रुपैयाँ र उपकार लघुवित्तको २ करोड ८७ लाख ६० हजार रुपैयाँ माथिको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्