हिमालयन पावर पार्टनरको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से राताम्य भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा भारी गिरावट आउदा कारोबार समेत १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँमा सिमित भएको छ ।
नेप्से भारी अकंले घटेर कारोबार समेत खुम्चिदा आज आधिँखोला लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको आज ८.१८ प्रतिशतले शेयर बढेको हो । साथै, एनएमबि ५० को ४.१० प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ३.७२ प्रतिशत, यूनिलिभर नेपालको १.९९ प्रतिशत र लक्ष्मी उन्नती कोषको १.९२ प्रतिशतले शेयर बढेको हो ।

मंगलबार हिमालयन पावर पाट्नरको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, बलेफी हाइड्रोपावरको ८.१५ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ६.५१ प्तिशत, ग्रीन भेन्र्चसको ६.४५ प्रतिशत र गणपति लघुवित्तको ६.२४ प्रतिशतले शेयर घटेको हो ।
