उताप-चडावका बीच नेप्सेमा सुधार, ११ उपसूचकमा हरियाली हुदाँ १ अर्ब १८ करोडको कारोबार

काठमाडौं । बिहिबार शेयर बजारमा सुधार देखिएको छ । केहि दिन यता निरन्तर भारी गिरावट आइरहेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेप्से सामान्य अंकले नै बढेको छ ।
साताको पाँचौ दिन नेप्से १२.५७ अकंले बढेर १९७८.९४ बिन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर बिनबेच हुदाँ १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
आज ११ उपसूचकमा हरियाली छाएको छ । बिहिबार बैंकिङ समूहको ०.४२ प्रतिशत, ब्यापार समूहको १.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको ०.३७ प्रतिशत, फाइनान्स समूहको ०.९८ प्रतिशत, निर्जीवन बीमा समूहको ०.४२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.५४ प्रतिशत, अन्य समूहको २.८१ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.९२ प्रतिशतले शेयर मूल्य बढेको छ । आज जीवन बीमा समूहको ०.०४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.१ प्रतिशतले शेयर मूल्य घटेको हो ।