आइतबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

आइतबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा पहिरो गरेको छ । विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । लगानीकर्ता पूँजी बजार सुधारका लागि आन्दोलनमा लाग्दा समेत आजै समेत पूँजी बजारमा सुधार आउन सकेको छैन । सरकारले समेत पूँजी बजार सुधारका लागि ४ जनाको समिति गठन गरेको भएपनि शेयर बजार बढ्न सकेको छैन ।

आइतबार नेप्से परिसूचक ३७.२७ अकंले घटेर १९३४.११ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेप्से आज ७.५७ अकंले घटेर १९७१.३६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिनभने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुदाँ ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार नेप्से भारी अकंले घटेर कारोबार १ अर्ब हुदाँ नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १० करोड २९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनसीसी बैंकको ५ करोड ६४ लाख ६३ हजार रुपैयाँ, सेञ्चुरी बैंकको ४ करोड ८२ लाख २८ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ७ लाख ३९ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड २४ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्