कारोबारमा आएका २३० कम्पनीमा ६ कम्पनीको शेयर मात्र बढ्यो, सर्वाधिक यी लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । नेप्से उच्च अकंले घटेको छ । सोमबार नेप्से परिसूचक ४९.३१ अकंले घटेर १८८४.८१ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से उताप चडावका बीच ओरालो लागेको हो । कारोबार भएको सुरुवात देखि उरालो लागेको शेयर बजार अन्तिम आएर ४९ बिन्दुले घटेर बन्द भएको छ । आज २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आधिँखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, ओरेन्टीयल होटलको १.४१ प्रतिशत, सिद्धार्थ इक्वाटी फण्डको ०.४१ प्रतिशत,नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको ०.१५ प्रतिशत र गोर्खास फाइनान्सको ०.१३ प्रतिशतले बढेको हो । सोमबार ६ कम्पनीको शेयर मात्र बढेको छ ।

त्यस्तै, आज ३ कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । सोमबार तेह्रथुम पावर, कालिका पावर र रिभर फल्स पावरको शेयरमा नकारात्मक सर्किट लागेको हो । साथै, कर्णाली डेभलपमेन्ट बैंकको ८.७९ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ८.७० प्रतिशतले घटेको हो ।
