नेप्सेमा एक कम्पनीको १८.५२५ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १८.५२५ प्रतिशत बोनस शेयर बापतको २५ लाख ६६ हजार ५७.४३५५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।