राताम्य शेयर बजारमा नबिल बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

राताम्य शेयर बजारमा नबिल बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो दिन सुधार आएको शेयर बजार फेरी राताम्य भएको छ । हिजो उच्च अकंले बढेको शेयर बजारमा आज फेरी ओरालो लागेको हो । मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पत्रकार सम्मलेन गर्दै लगानीकर्ताका समस्या समाधानका लागि खासै कुनै सकारात्मक कुरा नजोड्दा शेयर बजारमा आज पहिरो गएको हो ।

बुधबार नेप्से ३१.२१ अकंले घटेर १८९३.५३ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेप्से परिसूचक ३७.४९ अकंले बढेर १९२२.३० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुदाँ ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा भारी गिरावट आउदाँ बुधबार नबिल बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । आज बैंकको ३ करोड ३९ लाख ६६ हजार रुपैयाँ कारोबार भएको हो ।

त्यस्तै, नेपाल बैंकको २ करोड ६७ लाख ५२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख १८ हजार रुपैयाँ, एनसीसी बैंको २ करोड ५४ लाख ७७ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको २ करोड ४९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्