लगानीकर्ताले आन्दोलन फिर्ता लिएसँगै नेप्से आकाशियो, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिने नेप्सेमा छलाङ आएको छ । पूँजी बजार सुधारका लागि आन्दोलन तथा अनशनमा रहेका तिलक कोइरालाले अनशन तोडेसँगै शेयर बजारमा हरियाली छाएको छ । शुक्रबार नेपाल धितोपत्र बोेर्डले लगानीकर्ताले उठाउदै आइरहेका १९ बँुदे माग पुरा गर्ने सहमति जनाएसँगै आन्दोलन स्थिगित र कोइरालाले अनशन तोडेका थिए सो सँगै आज पूँजी बजारमा आकर्षक सुधार देखिएको हो ।
आइतबार नेप्से ९४.९२ अकंले बढेर १९५६.९८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से आकर्षक सुधार देखिदा कुमारी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । आइतबार बैंकको ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज हिमालयन डिस्टलरीको ८ करोड ३७ लाख ९२ हजार रुपैयाँ, न्यादी ग्रुप पावरको ८ करोड ३३ लाख ५३ हजार रुपैयाँ, नबिल बैंकको ६ करोड ७६ लाख २७ हजार रुपैयाँ र शिभम सिमेन्टको ५ करोड ४१ लाख ७० हजार रुपैयाँ कारोबार भएको हो ।
