शेयर बजारमा उछाल, १३ वटै उपसूचकमा हरियाली २ अर्ब माथिको कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

शेयर बजारमा उछाल, १३ वटै उपसूचकमा हरियाली २ अर्ब माथिको कारोबार



काठमाडौं । आर्थिक वर्ष २०७९।८० को बजेट आएसँगै पूँजी बजार सुधारका लागि सम्बन्धी खासै कुरा नसमेटिएको भन्दै आन्दोलनमा होमिएका लगानीकर्ताले आन्दोलन फिर्ता लिएसँगै नेप्सेमा आकर्षक सुधार देखिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताले उठाउदैं आएका १९ बँदे माग पुरा गर्ने सहमति जुटाएसँगै लगानीकर्ताले आन्दोलन फिर्ता लिनुका साथै अनशनमा रहेका तिलक कोइरालाले अनशन तोडेका थिए ।

साताको पहिलो दिने नेप्सेमा छलाङ आएको छ । मौद्रिक नीतिको तेस्रो समिक्षा यता घटेको शेयर बजारमा अब भने सुधार आउने अपेक्षा गरीएको छ ।

आइतबार नेप्से ९४.९२ अकंले बढेर १९५६.९८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

नेप्से आकाशिदा आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आइतबार बैंकिङ समूहको २.६९ प्रतिशत, ब्यापार समूहको ७.७९ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशत, विकास बैंक समूहको ८.३ प्रतिशत, हाइड्रोपावर समूहको ७.७ प्रतिशत, फाइनान्स समूहको ७.७ प्रतिशत, निर्जीवन बीमा समूहको ४.८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ६.२३ प्रतिशत, अन्य समूहको ७.०७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ५.७६ प्रतिशत, जीवन बीमा समूहको ४.१३ प्रतिशत, म्युचुअल फण्ड समूहको ३.६५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ८.८७ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्