यी ४ तरिकाबाट हेर्न सकिन्छ आदर्श लघुवित्तको आईपीओ रिजल्ट, तपाईलाई पर्याे की ?

काठमडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सोमबार बिहान क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट सम्पन्न गरिएको हो ।
लघुवित्तको आईपीओमा १६ लाख ७४ हजार ६५२ जना आवेदकले १ करोड ८४ लाख २४ हजार ९ सय कित्ता शेयरका लागि १ अर्ब ८४ करोड २४ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आवेदन दिएका लगानीकर्ताहरुमा १ हजार ८५८ जनाको भने विभिन्न कारणले रद्द भएको छ । बाँकी रहेका १६ लाख ७२ हजार ७९४ जना आवेदकलाई मात्रै आईपीओ बाँडफाँट गरिएको हो ।
लघुवित्तको आईपीईओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ हजार २६१ जना आवेदकले मात्रै आईपीओ प्राप्त गरेका छन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकले भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिएको छ ।
लघुवित्तले असार १ गतेदेखि असार ५ गतेसम्म चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो ।
लघुवित्तको आईपीओ बााडफाँट सम्पन्न भईसकेकाले रिजल्ट विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ । लघुवित्तको आईपीओ रिजल्ट हेर्न निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको वेभसाइट https://bokcapital.com.np/, सिडिएससीको मेरो शेयरको वेभसाईट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालनमा ल्याएको वेभसाइट iporesult.cdsc.com.np/ र आदर्श लघुवित्तको वेभसाइट https://www.adarshamicrofinance.com/ बाट हेर्न सकिन्छ ।
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोलाः