लगानीकर्ताको उत्साह टिकेन, २३ अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिने छलाङ आएको शेयर बजारमा आज फेरी पहिरो गएको छ । पूँजी बजार सुधारका लागि लगानीकर्ताले उठाउर्दै आइरहेको १९ बुँदे माग पूरा गर्ने धितोपत्र बोर्डको आश्वासन पछि खुलेको हिजोको शेयर बजार आकाशियको थियो । लगानीकर्तामा अब सुधार हुने आशा पलाएको भए पनि त्यो आशाले २४ घण्टा समेत पुरा गर्ने नपाउँदै आज शेयर बजार ओरालो लागेको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८५ अकंले घटेर १९३३.१३ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेप्से ९४.९२ अकंले बढेर १९५६.९८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा आज गिरावट आउदाँ कारोबार समेत खुम्चियको छ । आइतबार सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कम्पनीको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, डिमालयन डिस्टलरीको ९ करोड ७ लाख ४४ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८ करोड २ लाख ९६ हजार रुपैयाँ, नबिल बैंकको ७ करोड १४ लाख १२ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
