सोमबार दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सोमबार दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए गुमाए



काठमाडौं । साताको तेस्रो दिन शेयर बजार फेरी ओरालो लागेको छ । साताको पहिलो दिन ९४ अकंले बढेको शेयर बजार आज भने ओरालो लागेको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८५ अकंले घटेर १९३३.१३ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ भएको छ ।

सोमबार नेप्से ओरालो लागे पनि दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज सिवाइसि लघुवित्त र न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । साथै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ९.१५ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ६.०७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड २ को ४.८६ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज उन्नति सहकार्य लघुवित्तको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । साथै, प्राइम डिबेञ्चरको ७.९७ प्रतिशत, तेह्रथुम पावरको ७.२२ प्रतिशत, प्रोडेसियल इन्स्योरेन्सको ६.२४ प्रतिशत र शिभ् श्री हाइड्रोपावरको ५.४४ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्