सामान्य अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सामान्य अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । आइतबार आकर्षक सुधार आएको शेयर बजारमा त्यसपछिका दुई दिन शेयर बजार ओरालो लागेको छ । पूँजी बजार सुधारका लागि विभिन्न १९ बँुदे माग राखि अनशनमा बसेका तिलक कोइरालाले अनशन तोकेको अर्का काराबोर दिन उच्च अकंले बढेको शेयर बजार फेरी लगातार दुई दिन राताम्य भएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.८२ अकंले घटेर १९२१.३१ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८५ अकंले घटेर १९३३.१३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँको कारोबार भएको हो ।

नेप्से सामान्य अकंले घट्दा आज एशियन लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड ३१ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ४३ लाख ८७ हजार रुपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५ करोड ३४ लाख ५४ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ४ करोड ३७ लाख ८३ हजार रुपैयाँ र न्यादी ग्रुप पावरको ३ करोड ५१ लाख ९२ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्