मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको तेस्रो दिन समेत शेयर बजारमा सुधार आउन सकेको छैन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.८२ अकंले घटेर १९२१.३१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच भएको छ । नेप्से आज केही सामान्य अकंले घट्दा समेत कारोबार भने १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँमा सिमित भएको छ ।

मंगलबार नेप्से घटे पनि सिवाइसी लघुवित्तको शेयर सर्किट लागेको छ । साथै, उन्नति सहकार्य लघुवित्तको ७.७४ प्रतिशत, कृषि विकास बैंकको ५.१० प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको ५.०६ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको ४.९१ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा लक्ष्मी इक्वाटी फण्ड रहेको छ । फण्डको आज ५.७३ प्रतिशतले शेयर घटेको हो । साथै, जनरल इन्स्योरेन्सको ४.७५ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ४.७० प्रतिशत, सिन्गटी हाइड्रो इर्नर्जीको ४.४५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४.४० प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्