शेयर बजारमा छलाङ, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

शेयर बजारमा छलाङ, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा छलाङ आएको छ । केही महिना यता निरन्तर घटेको शेयर बजार यो साताको ५ कारोबार दिन मध्ये ३ कारोबारको दिन भने शेयर बजारमा आकर्षक सुधार आएको छ । बजेटमा पुँजी बजार सुधारका लागि आसै कुरा नसमेटिएको भन्दै १९ बँुदे माग राखी आन्दोलन गरी रहेका लगानीकर्ता नेपाल धितोपत्र बोर्डको समस्या समाधान गर्ने प्रतिबद्दता जनाएसँगै शेयर बजारमा सुधार आएको हो ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा आकर्षक सुधार आज कारोबारका समेत सुधार देखिएको छ । बिहिबार शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आज हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्