असार १९ गतेदेखि लागू हुने गरी नेप्सेले बिक्रीतर्फबाट पनि एओएन सुविधा हटाउने « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

असार १९ गतेदेखि लागू हुने गरी नेप्सेले बिक्रीतर्फबाट पनि एओएन सुविधा हटाउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिक्री तर्फको समेत अल अर नन (एओएन) सुविधा हटाएको छ ।

नेप्सेले बिहिबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९ गतेदेखि लागू हुने गरी हटाइएको हो ।

नेप्सेले यसअघि नै खरिदतर्फको एओएन सुविधा हटाइसकेको छ । योसँगै खरिद र बिक्री दुवैतर्फको एओएन सविधा हट्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्