सामान्य अकंले सुधारिएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन भारी गिरावट आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । शेयर बजारमा उताप चडावको बीच थपघट भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज माग भएसँगै मन्त्रालयले भने फुटेज डिलिट बताए पछि उनको राजीनामा माग गर्दै चौर्तफी बिरोध भइरहेको छ । त्यसको असर शेयर बजारमा पनि देखिएको आंकलन गरीएको छ ।
मंगलबार ४६ अकंले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भने १३.३३ अकंले बढेर २०४३.९२ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ रुपैयाँको कारेबार भएको छ ।
शेयर बजार सुधार देखिएका पनि कारोबार भने आसै बढ्न सकेको छैन । बुधबार गोर्खास फाइनान्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ७२ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ५३ लाख ४६ हजार रुपैयाँ, सिभिल बैंकको १० करोड ५४ लाख ३६ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ९ करोड २६ लाख ७१ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ८ करोड ६९ लाख २१ हजार रुपैयाँको कारोबार भएको हो ।
