दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार ४६ अकंले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भने १३.३३ अकंले बढेर २०४३.९२ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएपनि कारोबार भने २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रुपैयाँमा सिमित भएको हो ।
आज नेप्सेमा सुधार आएसँगै दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, तेह्रथुम पावरको ७.७८ प्रतिशत, सिभिल बैंकको ७ प्रतिशत, रिलायन्स फाइनान्सको ६.४२ प्रतिशत र इर्मर्जीङ नेपालको ६.१६ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, बुधबार सर्वाधिक गुमाउने कम्पनीमा एनसीसी डिबेञ्चर रहेको छ । डिबेञ्चरको आज ५.८९ प्रतिशतले घटेको छ । साथै, स्वाभिमान लघुवित्तको ५.६८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ को ५.२८ प्रतिशत, किसान लघुवित्तको ४.३० प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ को ३.५१ प्रतिशतले शेयर घटेको हो ।
