उताप-चडावका बीच १३ अकंले बढ्यो नेप्से, कारोबार २ अर्बमा खुम्चिदा १० उपसूचकमा हरियाली

काठमाडौं । शेयर बजारमा उताव चडाव कायमै रहेको छ । पूँजी बजार सुधारका लागि आन्दोलनमा होमिएका लगानीकर्ता नेपाल धितोपत्र बोर्डको समस्या समाधान गर्ने प्रतिबद्दतासँगै शेयर बजारमा सुधार आउन आशा गरेकोमा उत्साह आजै थपिन सकेको छैन । बजेटमा पूँजी बजार सम्बन्धी खासै कुरा नसमेटिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना पछि शर्माले मौद्रीक नीति मार्फत माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।
साताको तेस्रो दिन भारी गिरावट आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । शेयर बजारमा उताप चडावको बीच थपघट भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज माग भएसँगै मन्त्रालयले भने फुटेज डिलिट बताए पछि उनको राजीनामा माग गर्दै चौर्तफी बिरोध भइरहेको छ । त्यसको असर शेयर बजारमा पनि देखिएको आंकलन गरीएको छ ।
मंगलबार ४६ अकंले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भने १३.३३ अकंले बढेर २०४३.९२ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ रुपैयाँको कारेबार भएको छ ।
नेप्सेमा सुधार देखिएसँगै १० उपसूचकमा हरियाली छाएको छ । आज ब्यापार समूहको ०.०५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको २.११ प्रतिशत, हाइड्रोपावर समूहको १.४५ प्रतिशत, फाइनान्स समूहको २ं.७२ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.४ प्रतिशत, अन्य समूहको १.४३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.२४ प्रतिशत, जीवन बीमा समूहको २.६८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.३३ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै, आज बैंकिङ समूहको ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.४२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.५६ प्रतिशतले शेयर मूल्य घटेको हो ।